Shikhar Insurance
National Life

सेमेष्टर शुल्क घटाउन माग गर्दै अनेरास्ववियुको आन्दोलन

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार २०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत विभिन्न कलेजमा सेमेष्टर शुल्कमा छुट माग गर्दै चर्किरहेको आन्दोलन चलिरहेको छ । सोमबार एडभान्स्ड कलेज अफ इन्जनियरिङ्ग एन्ड म्यानेजमेन्टमा पनि विद्यार्थीहरू आन्दोलित भएका छन्।

पुरै सेमेष्टर अनलाइन पढाई भएको र त्यसका वावजुद पनि कलेजले सेमेष्टर शुल्कमा छुट नदिएको भन्दै सोमबार अनेरास्ववियुले आन्दोलन गरेको थियो । विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले भने कलेज भित्र रहेका विद्यार्थीहरुलाई बल प्रयोग गरेर बाहिर निकाल्दै कलेजमा प्रदर्शन गर्न रोकेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रहरीले बल प्रयोग गरेर प्रदर्शन गर्न रोकेपछि अनेरास्ववियुले कलेज गेट बाहिर प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा कलेज प्रशासनले प्रहरीसँग मिलेमतो गर्दै आन्दोलन दबाउन भूमिका खेलेको भन्दै अनेरास्ववियुले कलेजका कार्यकारी निर्देशक, निर्देशक लागायत कलेज प्रशासन का सम्पूर्णको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष शिशिर पराजुलीका अनुसार कलेजले यस्तो महामारीका समयमा पनि समेष्टर शुल्कमा छुट दिन आनाकानी गरेको र अवैज्ञानिक ढंगमा विद्यार्थीलाई मारमा पार्ने काम गरेको हुँदा बाध्य भएर प्रदर्शन गरेको र शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा पनि प्रहरीले दमन गरेकाले बाध्य भएर सम्पूर्णको राजीनामा माग गर्नुपरेको बताए । उनले यो आन्दोलन विद्यार्थीहरुले उचित छुट नपाए सम्म नरोकिने जानकारी पनि गराए।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्