Shikhar Insurance
National Life

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर किर्तिपुरमा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार २०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले किर्तिपुर नगरपालिकामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सोमबार एक्सटेन्सन काउन्टरको सुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको सहभागीता थियो ।

नगर प्रमुख महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम/सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गरे । एक्सटेन्सन काउण्टरको स्थापना गरि राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको र परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा कृषि विकास बैंकलाई उनले धन्यवाद पनि दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिका परिसरमा राखीएको एटिएम मेसिनको पनि सोही कार्यक्रममा सुभारम्भ गरिएको थियो । मेयर महर्जन र सिईओ उपाध्यायले ढुंगेधारा सहितको बगैचा उदघाटन समेत उद्घाटन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्