Shikhar Insurance
National Life

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार १८:५४
Hyundai
NCELL
NIMB

एजेन्सी । कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले
जोड दिए ।

राष्ट्रपति सि जिनपिङले भने , “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।”

अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिए ।

साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराए । हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।

उता चीनले हालैमात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो ।

चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ ।

राष्ट्रपति जिनपिङले यो कुरा बताएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने हालैमा बताएका थिए ।

राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताएका हुन् ।

कोभिड–१९ को–अपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश दिएका थिए ।

राष्ट्रपति जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिए ।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका थिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्