काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । सोमवार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५र/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लगायतका विषयमाथि छलफल गरी पारित समेत गरेको छ ।
सभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष अनुज कयालले व्यवसायिक क्रियाकलाप सन्तोषजन रहेको बताए । व्यवसायिक विस्तारमा कम्पनीमा आवद्ध कर्मचारी र अभिकर्ताहरुले निभाएको भुमिकालाई महत्वपूर्ण रुपमा लिनु पर्ने बताउँदै उनले आगामी दिनमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि स्वदेशी तथा विदेशी तालिम केन्द्रसँग सहकार्य गर्ने बताए ।
स्वतन्त्र विज्ञ संचालकमा नितु कयाललाई नियुक्त समेत गरेको उक्त साधारण सभा भर्चुअल माध्यम बाट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्