Shikhar Insurance
National Life

एमाले एकताको निर्णायक दिन-ओलीको केन्द्रिय कमिटी बैठक बस्दै

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार ०९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को एकता जोगाउने की भत्काउने भन्ने निर्णायक दिन हो आज । ओली एमालेले केन्द्रिय कमिटीको बैठक डाकेको छ भने नेपाल पक्षले त्यसलाई रोक्न माग गरेका छन् ।

ओली समुहले दिउँसो ३ बजेका लागि डाकेको केन्द्रिय कमिटी बैठक भदौ २७ र २८ गतेका लागि प्रस्तावित विधान महाधिवेशन र साउन २७ भित्रै मातहतका कमिटीहरुको सुझाव संकलन गर्ने भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले पार्टी एकताका लागि केन्द्रिय कमिटी बैठक रोकेर संवाद थाल्छन् वा बिधान महाधिवेशनको कार्यतालिका अनुसार अघि बढ्ने निर्णय गराउँछन् ? त्यसले नै एमालेको एकता वा विभाजनको प्रष्ट रेखा कोर्नेछ ।

माधव नेपाल समुहको केन्द्रिय कमिटी बैठकले पार्टी एकताका लागि आवश्यक लचकतासहित प्रयास गर्ने निर्णय गरेको थियो । नेपाल समुहले प्रतिनिधी सभा बिघटन प्रति आत्मालोचना, सर्वाेच्च अदालतको फैसलाको सम्मान, २०७५ जेठ २ अघिको संगठन संरचना र आगामी दिनमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले पार्टीका निर्णयहरुमा अनिवार्य हस्ताक्षर गर्नुपर्ने अडान राख्दै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्