काठमाडौं । फुटबल खेलाडी लियोनल मेस्सी रूँदै बार्सिलोना छाडेका छन् । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीको रूपमा अन्तिम पत्रकार सम्मेलनमा उनी रूँदै बिदा भएको तस्बिर सार्वजनिक भएको छ ।
बार्सा छाडेसँगै मेस्सी फ्रि एजेन्ट भएका छन् । उनलाई आवद्ध गर्ने क्लबले कुनै ट्रान्स्फर शुल्क तिर्नुपर्दैन । मेस्सीले ट्रान्स्फर भएर जाने सम्भावित क्लबको सुचीमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) पनि रहेको बताएका छन् ।
बार्सासँगको उनको सम्झौता जुनमा सकिएको थियो । बार्साको वित्तीय तथा संरचनागत अड्चनका कारण उनले क्लब छाड्नुपरेको बताइएको छ ।
३४ वर्षीय फुटबल स्टार उनको कलात्मक शैलीका कारण लोकप्रिय छन् । स्पेनी टप डिभिजनको लिग ला लिगा क्लबले अधिकतम ज्यालाको सीमाभित्र रहेर मेस्सीलाई अनुबन्धन गर्न नसकेको हो ।
तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट साभारः
प्रतिक्रिया दिनुहोस्