Shikhar Insurance
National Life

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण

सिंहदरबार संवाददाता
२०७८ श्रावण २३, शनिबार २०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । ब्राजिलले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । जापानको टोक्योमा जारी ओलम्पिवकमा ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदकको रक्षा गरेको हो । अघिल्लो ओलम्पिकमा पनि ब्राजिलले नै स्वर्ण जितेको थियो ।

ब्राजिलले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा ब्राजिलका म्याथु कुचाले गोल गरेका थिए । ६१ औं मिनेटमा स्पेनका मिकेल ओयरजाबलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक एक गोलको बराबरीमै ९० मिनेटको खेल सकिएपछि खेलमा ३० मिनेट समय थपिएको थियो । थप गरिएको समयको १०८ मिनेटमा ब्राजिलका माल्कोम एन्थोनीले गोल गर्दै ब्राजिलाई स्वर्ण जिताएका हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्