Shikhar Insurance
National Life

३६ प्रहरी भवन निर्माण

सिंहदरबार संवाददाता
२०७८ श्रावण २३, शनिबार १४:२२
Hyundai
NCELL
NIMB

मकवानपुर । वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निमार्ण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पुरा भइसकेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन रु ९३ करोड २२ लाख ७२ हजार को लगानीमा निर्माण गर्ने लक्ष्य छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा रु ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आर्थिक वर्षमा रु ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकरी दिए ।

यसैबीच उक्त मन्त्रालयले १३ कानूनको संशोधन गर्ने भएको जनाएको छ । उक्त कानूनको कार्यान्वयन र व्यवहारमा समस्या परेपछि संशोधन गर्न लागिएको बताइएको छ ।

मन्त्रालयका अनुसार प्रदेशस्तरको केही सार्वजनिक लिखत प्रमाणीकरण २०७४, कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश राष्ट्रिय वन ऐन २०७६, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६, प्रदेश वातावरण ऐन २०७७, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संस्था दर्ता ऐन २०७५ संशोशनको तयारीका अवस्थामा छ ।

त्यस्तैगरी प्रदेशसभाको पदाधिकरी तथा सदस्यको पारश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनको तयारीमा रहेको मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीले जानकारी दिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्