Shikhar Insurance
National Life

जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाकी दावी

सिंहदरबार संवाददाता
२०७८ श्रावण २३, शनिबार ११:४६
Hyundai
NCELL
NIMB

एजेन्सी । अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले भने बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारको दावी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।

गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ ।

पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।

अश्वेत कामदारहरूको रोजगार दर अघिल्लो महिनाबाट घटेर ८।२ प्रतिशत पुगेको छ यद्यपि श्रम शक्तिको सहभागितामा गिरावट चिन्तित देखिएको छ ।

“श्रम बजारमा पूर्णतया सुधार देखिएको छैन भन्ने अर्को संकेत अमेरिकामा अझै ४५ लाख मानिसहरू आंशिक समय काम गरिरहेको अवस्थाबाट थाहा हुन्छ, पूर्ण–समय काम पाउन सक्ने अवस्था अझै बन्न सकेको छैन ।” रिपोर्टमा भनिएको छ ।

जुलाईमा निर्माण क्षेत्रमा ११ हजार उत्पादन क्षेत्रमा २७ हजार रोजगारीका अवसर थपिएका छन् ।

प्रप्त पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रव्यापी रूपमा प्रतिघण्टा औसत आय ११ सेन्टबाट ३०.५४ अमेरिकी डलर पुगेको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्