Shikhar Insurance
National Life

खोप केन्द्र थप

सिंहदरबार संवाददाता
२०७८ श्रावण २३, शनिबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।

उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्