सरकारी संस्थान सबैजसो घाटामा जाने, सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ? हुँदा हुँदा अब त डुब्छन् भनेर आईएमएफको सहयोग समेत लिनुपरेका र नेटवर्थ नै नकारात्मक हुन लागेका सरकारी बैंक समेत अर्बौ नाफामा जान थाले बाबा । यो त झन हुँदै भएन । रातदिन मेहनत गर्ने कर्मचारी, संस्थाको प्रगतिको लागि रणनीति लिने संचालक समिति, ’संस्थाको हित पहिले’ सोचको साथ काम गर्ने पद्दती, न दुई नम्बरी धन्दा न त दुई चार प्रकारका खाता बनाउने अनी पारदर्शी वित्तीय विवरण जारी गर्ने व्यवस्था, पुँजीकोष नै अरबौ लगाउदा नाफा केहि अरब हुने, नेपाल राष्ट्र बैंक जस्तो नियामकले गर्ने निरन्तर अनुगमनले गर्दा बैंकहरु घाटामा गएको देखिदैनन् भन्ने ‘लजीक’ मात्र लगाएर हुन्छ ? सर्टिफिकेटको आधारमा पैसा बाडौं, कार्यकर्ताहरूलाई बाड्न लगाऔं, स्टार्टअपमा लगानीको जोखिम पनि यसै बैंकिङलाई दिऊ– सरकारी पहल किन गर्ने ? राजनीति लथालिङ्ग, देश लथालिङ्ग, सरकारी संस्थानहरु अपवाद बाहेक लथालिङ्ग हुदा अरबौं नाफा देखाउने बैंकिङलाई तह लाउनै पर्छ ।
पहिला कुनै कुनै बैंक तथा बित्तीय संस्था समस्याग्रस्त हुन्थे या डुब्थे त कसैले १०० प्रतिशतसम्म लाभांश दिन्थे । अहिले त सबै एकनासले प्रगति गर्छन बा– सबलाई ठिक पारौं । मेहनत गर्ने ? घुस बेइमानी गर्न फिटिक्क छैन पारदर्शी वित्तीय विवरण छाप्ने ? यो राष्ट्र बैंकको नियमन र अनुगमन नी कति प्रभावकारी बनाको भन्या ? दुईचार संस्था यसो बिग्रिन दिनु पर्दैन ? सबै तिर लथालिङ्ग हुंदा नी एकनासले ‘राम्रो’ गर्ने । ‘बकुल्लाहरूको बथानमा हाँस झै नमिल्ने’ यीनलाई ठिक पार्नुपर्छ । …खै के अध्ययन रै’छ अनी कस्तो सोच रै’छ..कुन शिर्षकको नाटक मञ्चन हुदै रै’छ..नेपथ्यमा रिहर्सल चलिरहेको छ सायद ..आवाज हल्का हल्का यस्तै सुनिन्छ । जय होस, शुभ होस!!-बैंकर ज्ञवालीको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्