अर्थतन्त्रको स्ट्रक्चरमा पञ्चायत काल र त्यो भन्दा अघिको भन्दा केहि पनि फरक परेको छैन् । चाहे पुँजी बजार हेर्नुस, चाँहे बैंकहरुको बार्षिक प्रतिवेदनहरु हेर्नुस । सबै तिर भन्दा मुनाफा बैंकिङ क्षेत्रले नै कमाएको छ । देशका अरु सबै क्षेत्र घाटामा छ, बैंकहरुको मुनाफा बढेको बढ्यै छ । बैंकहरु त कहिल्यै घाटामा परेका छैनन् । केले यस्तो भैरहेको छ त ? मेरो प्रश्न त्यहाँनिर हो । यसमा विस्तारै गरौं भन्ने कुराले केहि पनि आउटपुट दिँदैन् । कहिँ गम्भिर रोग छ, त्यसको पहिचान गरेर हस्तक्षेप गरौं भन्ने मेरो आग्रह हो ।
खाली गाडी किन्न र घर बनाउन थोरै ब्याजमा सजिलै पैसा पाउने तर कुनै व्यवसाय गर्न, स्टार्टअप वा नयाँ बिजनेश सुरु गर्नु पर्यो भने तिनीहरुलाई अत्यन्तै अप्ठेरो हुने, सके पाउँदै नपाउने, पाए पनि अप्ठेरो स्थिति छ । त्यसमा र्याडिकल्ली नै परिवर्तन गरेनौं भने यो पैसाकै पैसा खेलाएर केहि मान्छे धनी हुने अनि देश र जनता चाँही गरिब भईराख्ने अवस्था बन्छ । बेरोजगारी भैरहन्छ, युवा पलायन भैरहन्छन् । तिनले कमाएर ल्याएको रेमिटेन्सको पैसाको खेलो गरेर सिमित मान्छे मोटाउने परिस्थिति बन्छ । त्यसकारण यसमा अलि गम्भिर प्रकृतिको हस्तक्षेपको संकेत दिनुपर्छ ।
नयाँ सरकार छ, राष्ट्र बैंकका पनि आफ्ना सिमितता छन् । तर पनि हामीले संरचनात्मक समस्या जहाँ छन्, त्यसमा हस्तक्षेप गर्नुस भन्ने व्यवस्था गरिदिनुपर्छ । (प्रतिनिधी सभाको अर्थ समितिमा मौद्रिक नीति सम्बन्धी छलफलमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले व्यक्त गरेको धारणाको संक्षेप)
प्रतिक्रिया दिनुहोस्