Shikhar Insurance
National Life

गुडिरहेको कारमा अचानक आगो लाग्यो, विद्यार्थी नेता लामिछाने घाइते

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार २०:०५
Hyundai
NCELL
NIMB

काठमाडौँ । शंखरापुर–३ बोझिनीमा गुडिरहेको सवारीमा एक्किास आगलागी हुँदा चालक राजकुमार लामिछाने घाइते भएका छन् । शनिबार साँखुबाट बोझिने जाने क्रममा बा ३ च ४७९७ नम्बरको सेन्ट्रो गाडीमा आगलागी भएको हो । उकालो बाटोमा ब्याक गर्दा गाडीको वायरिङ सट भएर आगलागी भएको र निभाउने कोसिस गर्दा पनि सफल नभएको घाइते लामिछानेले बताए । उनी अनेरास्ववियुका नेता पनि हुन् ।

घटनापछि उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको र अहिले अवस्थामा सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ । उनको हात र गलामा आगोले पेलेको छ । आगलागीबाट सेन्ट्रो गाडी पूर्ण रुपमा जलेको महानगरिय प्रहरी प्रभाव साँखुले जानकारी दियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्