Shikhar Insurance
National Life

आई २० को नयाँ संस्करण नेपाली बजारमा, विशेषता र मूल्यसहित

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । ह्युन्डाइले नेपालमा आई ट्वान्टीको नयाँ संस्करण सार्वजनिक गरेको छ । नेपालको लागि ह्युन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अल न्यु ह्युन्डाइ आई २० नेपाली बजारमा भित्र्याएको हो ।

ह्युन्डाइ आई २० आकर्षक र उत्कृष्ट डिजाइनको परिचित छ । नेपालमा अल न्यु ह्युन्डाइ आई २० को दुई भेरियन्ट म्याग्ना र स्पोर्टज् भेरियन्टमा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ जेनेरेसनको आई २० मा १.२ लिटर कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ । म्याग्नाको मूल्य ३६ लाख ९६ हजार रुपैयाँ र स्पोर्ट्जको मूल्य ४१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

स्पोर्टी डिजाइनमा सार्वजनिक गरिएको नयाँ आई २० को बाहिरी आवरण आकर्षक र सुन्दर देखिन्छ । प्रोजेक्टर हेडल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईब्याक रियर ग्लाससहितको क्रोम बेल्टलाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको एलोय ह्वीललगायत विशेषताले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेस्टलगायत फिचरले आई २० लाई निकै विलासी र प्रिमियम गाडी बनाएको छ ।

विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा छ ।

यात्रु सुरक्षाको लागि आई २० मा ह्युन्डाइले धेरै फिचर प्रदान गरेको छ । ड्यूल एयरव्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडललगायत फिचर छन् ।

अतुलनिय ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट्सले चालक र यात्रु दवबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्नेछ ।

ह्युन्डाइको नयाँ जेनेरेसन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभर रहेका १४ वटै शोरुमबाट बिक्री सुरु भएको बताइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्