Shikhar Insurance
National Life

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १७:३६
Hyundai
NCELL
NIMB

झपा । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण तीव्ररूपमा भइरहेको छ ।

सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर बनाउने जिम्मा दिएको छ । देशभरका आठवटा सीमानाकामा बनिरहेको होल्डिङ सेन्टरको ठेक्का नेपाली सेनाले हनुमान कन्स्ट्रक्शनलाई दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भदौ ३० गते सकिने गरी असार अन्तिम साताबाट काम शुरु गरेको कन्स्ट्रक्शनले २०० बढी मजदूर लगाएर दैनिक काम गरिरहेको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजङ्थ थापाले बताए ।

उनका अनुसार एक हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की टहरा र १४ वटा किचनहल बन्नेछन् । हालसम्ममा करिब ४० प्रतिशत निर्माण सकिएको छ ।

“सीमानाका नजिकै जग्गा व्यवस्थापनका लागि खोजी गर्दा केही समय ढिलो भयो”, उनले भने, “बल्ल यहाँ जग्गाको व्यवस्थापन भएर बनाउन शुरु गरेका हौँ । थोरै ढिलो भए पनि तोकिएको समयावधिमै निर्माण सक्ने विश्वास छ ।” निर्माणाधीन होल्डिङ सेन्टर सीमानाकाबाट करिब १५ किलोमिटर टाढा छ ।

चार बिघा ऐलानी क्षेत्रफलमा होल्डिङ सेन्टर बनेपछि पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै ल्याएर राखिने उनको भनाइ छ । सेन्टरको सम्पूर्ण रेखदेख नेपाली सेनाले गर्नेछ । उनका अनुसार होल्डिङ सेन्टरमै स्वाथ्यकर्मीको टोली रहने र केही अक्सिजन शय्यासहित सम्पूर्ण सेवा निःशुल्क हुनेछ ।

गत वर्ष पनि चन्द्रगढीस्थित प्रदेश प्रतिष्ठान केन्द्र कलबलगुडीमा रहेको अस्थायी होल्डिङ सेन्टरको रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको थियो । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्