Shikhar Insurance
National Life

भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री डा कोइराला

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उाले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।

कोइरालाले भने , “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको कोइरालाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने “ पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।” फरक प्रसङ्गमा कोइरालाले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने समेत बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्