Shikhar Insurance
National Life

उत्कृष्ट स्टार्टअप पुरिष्कृत हुने, यसरी सहभागिता जनाउनुस्

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार २१:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ ।संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने भएको छ ।

संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने बताएको छ । नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उदेश्यले यो अवार्ड दिइने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उदेश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो । त्यो सँगै संस्थाले नेपाली युवाहरुमा उद्यमशीललाई विकास गर्ने संगसगै संस्थालाई विस्तार गर्ने कार्यहरु गर्दै आइरहेको थियो । यसै क्रममा सन् २०१६ सालमा नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको स्थापना भयो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।

यी सवै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमस एक लाख पचास हजार, ७५ हजार तथा ५० हजार नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक छन् ।

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्