Shikhar Insurance
National Life

२२ फरार प्रतिवादी सहित ४५ पक्राउ

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार ०९:५९
Hyundai
NCELL
NIMB

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र ५९ हजार १०० जरिवाना तोकिएको छ ।

त्यस्तै लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भााडाबर्तनसहित ९ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उनले भने , “दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट २ लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । १ लाख २३ हजारको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्