Shikhar Insurance
National Life

मौद्रिक नीति यो साता नआउने, बजेट कुरेको हो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार २०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याउने भनेको मौद्रिक नीति यो साताका लागि टरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा केहि विषय मिलाउन केहि समय लाग्ने निष्कर्ष निकालेपछि यो साताका ल्याउने भनिएको मौद्रिक नीति एक हप्ता पर धकेलिएको हो ।

आजै अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ ग्रहण गरेका थिए । मरासीनी सञ्चालक बनेपछि मौद्रिक नीतिबारे छलफल भएको थियो तर सबै केही कुरा मिलाउन भने बाँकी रहेको हो । ‘बजेटबारे सरकारको एकीन धारणा आएको छैन, केहि दिन कुर्ने की भन्ने राय पनि आयो,’ राष्ट्र बैंक श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्रीले मौद्रिक नीतिबारे कुनै दबाव नदिएको तर नयाँ बजेट आउने सम्भावनालाई हेर्दै केहि दिन पर्खिने निष्कर्षमा केन्द्रिय बैंक पुगेको हो ।

खासगरी आर्थिक वृद्धिदरको नयाँ लक्ष्य आउन सक्ने भएकाले त्यसकै कार्यान्वयन अनुकुल हुनेगरी मौद्रिक नीति ल्याउनुपर्ने निष्कर्षमा राष्ट्र बैंक सञ्चालक समिति छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ ।

यसअघि यसैसाता मौद्रि नीति सार्वजनिक गर्ने बताइएको थियो । सरकार फेरिएपछि सरकारको कार्यक्रम र प्राथकिमता पनि फेरिएकाले त्यसलाई सम्बोधन मौद्रिक नीतिले गर्नुपर्ने छ । अध्यादेश बजेट अहिले प्रतिनिधि सभामा टेबल भएको छ । सरकारले प्रतिस्थापन विधेयक ल्याएर संशोधित बजेट पास गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकलाई बजेटपछि मात्र मौद्रिक नीति सार्वजनिक गर्ने सुझाव धेरैबाट आएको बताइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्