Shikhar Insurance
National Life

सानिमा लाइफको आईपीओः पहिलो दिन नै आवेदन दिनेको संख्या हालसम्मकै बढी

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । निष्काशन भएको पहिलो दिन नै सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा २ गुणाभन्दा बढी आवेदन गरेको छ । आजबाट निष्काशन भएको कम्पनीको आईपीओ पहिलो दिन नै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो ।

निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । निष्काशनको पहिलो दिन साँझ ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताले १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढी रहेको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आइपिओमा आवेदन दिने अन्तिम म्याद साउन २४ गते हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्