Shikhar Insurance
National Life

२४ घण्टामा कोरोना सङ्क्रमित हुनेको संख्या ४ हजार नाघ्यो, ३५ जनाले गुमाए ज्यान

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २ सय ९८ को परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा सङ्क्रमण भएको पुष्टि गरे ।

उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै आज १ हजार ५ सय ३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्