Shikhar Insurance
National Life

नेप्से परिसूचक हालसम्मकै उच्च ३१२३ अंकमा पुग्दा साढे १५ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से १६.०५ अंकले बढेर ३१२३.१५ अंकमा पुगेको हो ।

परिसूचक ०.३९ प्रतिशतले बढेर नयाँ इतिहास रचेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका १ सय कम्पनीको सेयर मूल्य बढ्दा परिसूचकमा सुधार आएको हो । आज ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे ।

नेप्सेमा यो लगानतार दोस्रो किर्तिमान हो । अघिल्लो दिन परिसूचक ३१११ अंक पुगेर नयाँ इतिहास रचेको थियो ।

नेप्से परिसूचकले इतिहास रचेको दिन बजारमा २ सय २५ स्क्रिप्टका २ करोड ८८ लाख कित्ता धितोपत्र १५ अर्ब ५९ करोड रूपैयाँमा किनबेच भए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्