Shikhar Insurance
National Life

बेलायतमा कोरोना नियन्त्रण बाहिर, मंगलबार पाँच महिना यताकै धेरै मृत्यु

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १३:२८
Hyundai
NCELL
NIMB

एजेन्सी । कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो ।

यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्