Shikhar Insurance
National Life

२१२ रुपैयाँ पर्ने आईपीओ ल्याउँदै रिलायबल लाइफ

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रति कित्ता २१२ रुपैयाँ पर्ने आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । लगातार तीन आर्थिक वर्षसम्म नाफामा गएको कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउने व्यवस्था अनुसार रिलायबलले २१२ रुपैयाँको आईपीओ ल्याउन प्रस्ताव गरेको हो ।

कम्पनीले प्रति कित्ता एक सय १२ रुपैयाँ प्रिमियम मूल्य थप्न प्रस्ताव गरेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेका कम्पनीले नेटवर्थको दुई गुणासम्म प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाउने व्यवस्था रहेको छ ।
रिलायबलले ६० लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति मागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित मूल्यमा आईपीओ जारी गर्न पाएमा कम्पनीले एक अर्ब २७ करोड २० लाख रुपैयाँ आईपीओ जारी गरेर उठाउनेछ । त्यसरी संकलन गरिएको रकम जगेडा कोषमा राख्न पाइन्छ र पुँजी वृद्धि प्रयोजनका लागि बोनस सेयर दिन सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्