Shikhar Insurance
National Life

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी गाडी, क्वार्टर, तलब भत्ता केही नलिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १८, सोमबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायी तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका हुन् ।

“सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” उनले भने । उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गरेको जनाएका छन् । “पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्