काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले कार्यभार सम्हाेलेका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अर्थमन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले सोमबार पदभार ग्रहण गरेका हुन् ।
यसैबीच निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई विदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले बिदाइ गरे ।
२०७६ कात्तिक देखि ढुंगाना अर्थ मन्त्रालयमा छन् । राजस्व सचिव हुँदै उनलाई अर्थ सचिव बनाइएको थियो । ढुंगाना माघमा सेवा निवृत्त हुँदैछन् ।
तस्बिरहरूः
रोमाकान्त काफ्लेको फेसबुकबाट ।
प्रतिक्रिया दिनुहोस्