Shikhar Insurance
National Life

२०८१ मंसिर भित्रै फास्ट ट्रयाक बनाई सक्ने सेनाको प्रण, के के भयो काम ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १६, शनिबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ । सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गरे ।

आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उनले भने, “मलाई जहाँसम्म लाग्छ विस २०८१ मङ्सिरसम्म सेनाले द्रुतमार्गको काम सम्पन्न गरेरै छाड्छ, त्योअनुसार प्लानिङ गरिएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त द्रुत राजमार्गका लागत एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ । चार लेन र तीन वटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२.५ किमि रहेको छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने दु्रतमार्गका लागि गत आर्थिक वर्षमा आठ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन भएकामा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । आयोजनाको कूल कार्यप्रगति १६.१० प्रतिशत हासिल भएको छ ।

हालसम्म आयोजनाको कूल वित्तीय खर्च २५ अर्ब ३९ करोड रहेको छ । आयोजनाको आवश्यकता अनुसार पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएकामा ४२७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको सो अवसरमा जानकारी दिइयो । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अव निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ ।

उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा आठ अर्ब ९३ करोड १० लाख बजेट विनियोजन भएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा थप २५ अर्ब बजेट सरकारसँग माग गरिएको बताइएको छ । यसपछि वार्षिक रुपमा आयोजनाका लागि ५०÷५० अर्ब बजेट आवश्यक पर्ने सेनाले जनाएको छ ।

राष्ट्रिय गौरव र रणनीतिक महत्वको अयोजनाको काम पारदर्शी र गुणस्तरीय ढङ्गले निर्धारित समयसीमाभित्र अर्थात् आव २०८०/८१ सम्ममा सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको निर्देशक पोखरेलले बताए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्