Shikhar Insurance
National Life

भीम रावलको प्रश्नः संसदबाट पासै नभइ एमसीसी कार्यान्वयनमा कसरी गयो ? (भिडियोसहित )

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट अनुमोदन नभइ अमेरिकी सहायताको परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा गएकाबारे प्रश्न गरेका छन् । प्रतिनिधि सभा संसद रावलले शुक्रबार सभाको वैठकमा बोल्दै एमसीसी इन्डो प्यासिफिकको अंग भएको र संसदबाट पास नभइ कार्यान्वयनमा गएको बताएका हुन् ।

हालसम्म सम्झौताबाहेक अन्य कागजात नभएको, तारे होटलमा कार्यालय राखी सरकारका सचिवलाई कार्यान्वयनको नेतृत्वदायी जिम्मा दिइएकाले यसमा प्रश्नैप्रश्न गर्ने ठाउँ भएको उनको दाबी छ । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले सार्वजनिक फोरममा एमसीसी सहयोग नभएर लगानी भएकाले नेपाली जनताबाट निर्वाचित संसदहरुले कुनै पनि हालतमा एमसीसी पास गर्नु नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्