Shikhar Insurance
National Life

एनआरएन मकाउको नयाँ कार्य समितिले सम्हाल्यो कार्यभार

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) मकाउको नव निर्वाचित कार्य समितिले कार्यभार सम्हालेको छ । निवर्तमान अध्यक्ष पुर्ण गुरुङले बिहिबार नव निर्वाचति कार्य समितिले पदभार ग्रहण गराउँदै कार्यभार सुम्पिएका हुन् ।

एनआरएन मकाउको अधिवेशनले राजेश प्रसाईलाई अध्यक्ष निर्वाचित गरेको थियो । आईसिसि प्रतिनिधिहरु शान्ती देबि अधिकारी र मंगल बहादुर राईले नयाँ कमिटिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मकाउमा रहेका एनआरएनहरुसँगको सहकार्य, एकता र भाईचाराका लागि नयाँ कार्य समितिले पूर्ण प्रतिवद्धताका साथ काम गर्ने नव निर्वाचित सचिव शिव थापा(आशिष)ले बताए ।

एनआरएन मकाउमा राजेश प्रसाईको अध्यक्षतामा प्रथम उपाध्यक्ष–बिजयराज अर्याल, द्वितीय उपाध्यक्ष–भिमसेन श्रेष्ठ (रुस्तम), महासचिव–उत्तम गुरुङ, सचीव–शिव थापा (आशिष), कोषाध्यक्ष–निरन्जन खड्का, सह कोषाध्यक्ष–दिपक तामाङ र युवा संयोजक–अमृत गुरुङ निर्वाचित भएका थिए ।

सातौं अधिबेशनको निर्वाचन आयुक्तमा प्रमुख विकेन जोशी, सदस्यहरु सिर्जन बाबा भाई, र चिरञ्जीवी पौडेल थिए । कार्यक्रमलाई सफल बनाउन रबि क्षत्रीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्