Shikhar Insurance
National Life

शिखर अर्गनाइजेसनले दियो खेलाडीलाई रोजगारी

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १०:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली व्यवसायीक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सलआर्टसका १२ खेलाडीलाई आफना उद्योगमा रोजगारी दिएको छ । काठमाडौंको दशरथ रंगशालामा विहिवार आयोजित एक विशेष कार्यक्रमकावीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सात प्र्रदेशमा रहेका आफना विभिन्न उद्योगहरूमा काम गर्ने गरि खेलाडीहरूलाई नियुक्ति पत्र प्रदान गरे ।

अध्यक्ष शर्माका अनुसार रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा डिसिप्लेन अफिसर (अनुसाशन अधिकृत) का रुपमा काम गर्नेछन् । सँगै उनीहरूले सम्बन्धित प्रदेश अन्र्तगतका जिल्लामा बुदोकैदो मार्सलआर्टसको तालिम सञ्चालन गरेर त्याहाँ यो खेलका लागि नयाँ खेलाडी तयार गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘खेलाडीहरूलाई जीविकामा सहयोग पुगोस र प्रोत्साहन होस भनेर नेपालको खेलक्षेत्रको विकासका लागि पनि सहयोग पुगोस भन्ने उदेश्यले हामीले खेलाडीहरूलाई रोजगारि दिएका हौं’—अध्यक्ष शर्माले भने । शिखर अर्गनाइजेसनले २ वर्ष भित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा २ हजार खेलाडीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष शर्माले बताए ।

बुदोकैदो मार्सलआर्टस नेपालमा विकास गरिएको खेल हो । नेपाल बाहेक विश्वका केहि मुलुकमा समेत यो खेल खेलाइने गरिएको छ । व्यवसायीक घरानाबाट खेलाडीहरूलाई रोजगारीको अवसर सिर्जना हुँदा आफूहरु निकै उत्साहित भएको खेलाडी योगेन्द्र बोहोराले बताए ।
रोजगारी पाएकी खेलाडी शान्ति लामा खेल खेलेर काम पाइँदैन समय मात्रै बर्वाद हुन्छ भन्नेहरूको भिडमा शिखर अर्गनाइजेसनले खेलाडीलाई रोजगारी दिएर सराहनिय काम गरेको बताउँदै खुसि लागेको बताए ।

बुदोकैदो मार्सलआर्टसका अध्यक्ष काजीमान श्रेष्ठले खेलाडीहरूका लागि यसरी राम्रो सुविधा सहित रोजगारीको अवसर सिर्जना हुँदा यसले नेपालमा विकास गरिएको बुदोकैदो मार्सलआर्टसलाई विश्वभरी चिनाउन सहयोग पुग्ने बताए । शिखर अर्गनाइजेशनले उपकार ब्राण्डमा चामल, दाल, तेल, विस्कुट, चिया, अचार, मह, खानेपानी लगायतका खाद्य सामग्रि तथा कृषि उपकरणहरूको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्