Shikhar Insurance
National Life

कमला नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने: मन्त्री भुसाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार ०९:४२
Hyundai
NCELL
NIMB

धनुषा । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाइन र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिइन् । तत्काल काम शुरु भयो तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरेकी छन् ।

मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुग्नुभएका मन्त्री भुसालले निरीक्षणपछि पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमिनको सतह माथि उठेको बताउनुभयो । मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपत्कालीनरूपमा कटान रोक्ने तर दीर्घकालीन समाधानका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरुयोजना बनाउने बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विसं २०१९ मा भारतीय सरकारको सहयोगमा बनाइएको तटबन्ध पछिल्ला वर्षमा कमला नदीले कटान गर्दा किरतपुरका जनता निदाउन पाउँदैनन् । किरतपुरमा २०० मिटरभन्दा बढी क्षेत्र नदीले कटान गरेको छ भने त्यसकै तल पठेर्वामा १५० मिटर क्षेत्र कटान गरेको छ । ती क्षेत्रमा आपत्कालीन कोषबाट बाँस तथा फलामका खम्बा गाडेर माटोका बोराले अस्थायी तटबन्ध बनाएर कमलाको कटान रोक्ने प्रयास भइरहेको छ ।

निरीक्षणकै क्रममा सरकारले मर्मतसम्भारका लागि बजेटसमेत काटेको भन्दै स्थानीयवासीले गुनासो गरेपछि मन्त्री भुसालले भनिन् “पहिलो चरणमा मैले आपत्कालीन मर्मतका लागि रु ५० लाख पठाएको थिएँ, थप रु २० लाख पनि यो कटान नियन्त्रणका लागि निकासा गरेको छु ।” कमलाले बर्सेनि दुःख दिने गरेकाले दीर्घकालीन समाधानका उपाय खोजिने उनले बताइन । मन्त्री भुसालले भनिन् “कटान नियन्त्रणका लागि टालटुल गरेर हुँदैन, सङ्घकै योजनामा राखेर दीर्घकालीन समाधान खोज्नुपर्छ ।” उनले प्राविधिक र वित्तीय दुवै तवरले कमलाको कटान रोक्न गुरुयोजना बनाएर नदीको वारिपारि राम्रो बाँध, करिडोर, वृक्षरोपण गर्र्ने सोच बनाइने बताइन् । नदी कटान रोकेर जमिन उकास हुने र त्यो जग्गा भूमिहीनलाई दिने उनको भनाइ छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्