Shikhar Insurance
National Life

प्रहरीले उठाई दियो २ अर्ब ९० करोड राजश्व, तर कसरी ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार ०९:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व सङ्कलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व सङ्कलन बढेको छ । ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष २० करोड ३० लाख राजस्व सङ्कलन गरेकामा गत वर्ष २७ करोड १५ लाख सङ्कलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा ७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट ८५ करोड राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व सङ्कलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्