Shikhar Insurance
National Life

हुम्लामा ३६२ कोरोना सङ्क्रमित

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार १४:५६
Hyundai
NCELL
NIMB

हुम्ला । जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् ।

जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल सङ्क्रमित ३६२ पुगेको हो । सङ्क्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्