Shikhar Insurance
National Life

जुम्लाका दुई वडाध्यक्ष जुवाखालबाट पक्राउ

सिंहदरबार संवाददाता
२०७८ श्रावण १४, बिहीबार ०९:१७
Hyundai
NCELL
NIMB

जुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ । पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्