Shikhar Insurance
National Life

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ, सङ्क्रमितहरु बढ्दै

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार २०:३७
Hyundai
NCELL
NIMB

सिन्ह्वा । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको छ । सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ । बितेको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

अधिकारीहरुले मंगलबार १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ । यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो थपिएका यी संख्यासँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यतिधेरै सङ्क्रमित थपिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्