Shikhar Insurance
National Life

सिप्रदी र शिखरबीच सहकार्य, सर्वसाधारणले यसरी पाउँछन् लाभ

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार २०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गका उप–सभापति सौरभराज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

अटो प्लसमा सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाका लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर १५ सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापनयोजना लगाएतका फाइदा रहेको कम्पनीको भनाइ छ ।

योजनामा सहभागी हुन ग्राहकहरुले दुर्घटना भए सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने कुनैपनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सकिनेछ । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुबै कम्पनीको दावी छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्