Shikhar Insurance
National Life

मन्त्री पदको लोभमा पार्टी छाड्नेहरूले ‘माओवादीमै फिर्ता गराइपाउँ’ भन्दै सर्वोच्च गुहारे, बादल किन गएनन् ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १९:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका निवर्तमान सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले पार्टीमा फिर्ता गराइपाउँ भन्दै सर्वोच्च अदालत गुहारेका छन् । उनीहरूले आफूले पार्टी नछाडेको र नेकपा एमालेको सदस्यता नलिएको भन्दै पार्टीकै सांसदमा पुनर्वहाली गरिपाउँ भन्ने माग राखेका हुन् ।

२०७७ पुसमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सरकारमा गएका उनीहरुलाई माओवादीले पार्टी निकाला गरेको थियो । वैशाखबाट उनीहरुको सांसद पद पनि गुमेको थियो ।
माओवादीबाट निष्काशित अर्का नेता रामबहादुर थापा भने चुप बसेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा विभाजन भएर एमाले र माओवादी बनेसँगै उनीहरू एमाले प्रवेश गरी मन्त्री बनेका थिए ।

४ महिनापछि उनीहरुले सांसद पदमा पुनर्बहालीका लागि सर्वोच्च गुहारेका हुन् । सर्वोच्चले सांसद पदमा पुनर्वहाली गराए उनीहरू माओवादीका सांसद हुनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्