Shikhar Insurance
National Life

‘खोप नपाउँदा अटोमोबाइल्स क्षेत्रले कन्फिडेन्टली काम गर्न सकेन’

स्वास्थ्य सचिवले भनेः आफैं ल्याएर वितरण गर्दा सजिलो, 'झमेला हुन दिन्नौं'
सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यिय नाडा प्रतिनिधिमण्डलले राज्य मन्त्री श्रेष्ठलाई भेटेको हो ।

सो अवसरमा नाडाले नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन आग्रह गरेको छ । नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । उनले सरकारले लगाएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइल क्षेत्रमा आबद्ध सबै खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा पूर्ण मनोबलका साथ काम गर्न नसकिरहेको बताए । व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकहरुलाई बढी समस्या भएको उनले अवगत गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौधरीले भने, “कोभिड १९ का कारण अटोमोबाइल व्यवसायले अझै गति लिन सकेको छैन । अटोमोबाइल व्यवसायलाई थप गतिशिल बनाउन खोपको तड्कारो आवश्यकता छ ।”

भेटमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिए ।

प्रतिनिधिमण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग पनि भेटी आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ ।

भेटमा सचिव अर्यालले निजी क्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे । साथै, अनलाइनबाट खोपको फारम भरेर पठाउन सकिने व्यवस्था भएको सो भर्न समेत आह्वान गरे । निजी क्षेत्रले खोप आयात गर्दा सरकारी झमेला हुने प्रश्न गरेका थिए । सचिव अर्यालले त्यसो नहुने आश्वासन दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्