Shikhar Insurance
National Life

पुँजीगत लाभकर तिर्नेको जानकारी सरकारले पाएन, प्यान रूजु गर्न ब्रोकर र लगानीकर्तालाई नेप्सेको ताकेता

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । अघिल्लो आर्थिक वर्षसम्म सेयर बजारको हरेक कारोबारमा पुँजीगत लाभकर भन्दै ५ प्रतिशत काटिन्थ्यो । नयाँ आव सुरू भएपछि अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

तर, स्थायी लेखा नम्बर (प्यान) बिनै ब्रोकर एकाउन्ट खोल्नाले कुन लगानीकर्ताले कति कर तिरेको भन्ने प्रमाण सरकारसँग छैन । यस्तै, ब्रोकर र लगानीकर्ता स्वयमले पनि प्यान एकीन गरेर प्रविष्टी नगर्दा करदाताले आफूले तिरेको कर उनीहरुको विवरणमा देखिँदैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानीकर्ताबाट आफूले तिरेको पुँजीगत लाभकर आफ्नो नाममा जम्मा नभएको गुनोसो आइरहेको छ ।

यस्तोमा नेप्सेले सबै ब्रोकरहरूलाई पत्र लेख्दै प्यान नम्बर भेरिफाइ गर्न भनेको छ । नेप्सेले पत्रमा सीडीएससीबाट प्राप्त लाभकरको विवरण राजस्व कार्यालयमा अपलोड गर्दा प्यान नम्बरको आधारमा अपलोड नभइरहेको बताएको छ । अर्थात्, लगानीकर्ताले तिरेको कर राज्यको खातामा त पुग्छ तर कुन करदाताले कति पुँजीगत लाभकर तिरेको भन्ने सरकारलाई जानकारी रहँदैन ।

लगानीकर्ताबाट आफ्नो नाममा कर नबुझाइएको भन्ने गुनासो आएपछि नेप्से तातेको हो । नेप्सेले करदाताको विवरण रूजु नभएमा तथा अर्कै प्यान प्रविष्ट भएका कारणले लगानीकर्ताको वास्तविक प्यानमा सीजीटी इन्ट्री नभएमा त्यसको जिम्मेवार ब्रोकर हुनुपर्ने पत्रमा चेतावनी दिएको छ । नेप्सेले लगानीकर्तालाई पनि आफ्नो प्यान नम्बर भेरिफाइ गर्न भनेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्