काठमाडौं । सेयर बजार फेरि नयाँ बिन्दुमा पुगेको छ । अघिल्लो दिन नयाँ इतिहास कायम गरेको सेयर बजार बुधबार पनि ऐतिहासिक बिन्दुमा पुगेको हो ।
कारोबार सुरू भएको केही बेरमै नेप्सेले ३१ सय बिन्दु पार गरेको थियो । तर, केही सम्हालिँन थालेपछि बजार अन्त्यमा १५.३० अंकले बढेको हो ।
परिसूचक ०.५ प्रतिशतले बढेर ३०९४.९५ अंकमा कायम भएको छ ।
परिसूचकले इतिहास कायम गरेको दिन १ सय ९ कम्पनीको सेयर मूल्य बढे ।
बजारमा २ करोड ८१ लाख कित्ता सेयर १३ अर्ब २९ करोड रूपैयाँमा किनबेच भए ।
आज नारायणी विकास बैंक, मल्टीपर्पोस फाइनान्स र चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढे ।
प्रतिक्रिया दिनुहोस्