Shikhar Insurance
National Life

डिजि बैंकः नबिलका ग्राहकले एसएमई कर्जाको आवेदन अनलाइनबाटै दिन सक्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १२:१३
Hyundai
NCELL
NIMB

काठमाड‌ौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा यहाँ गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यो सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।

देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्षे बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरु लाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्