Shikhar Insurance
National Life

काभ्रेको पाँचखाल नगरपालिकामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सुविधा सम्पन्न शहरी पूर्वाधार विकास गर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिकासँगको सहकार्यमा नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयन सम्बन्धि काम अघि बढाउने भएको छ । सहकार्यबारेको समझदारीपत्रमा पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच हस्ताक्षर भएको छ ।

‘सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण’ परियोजना नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गतको हो । बैंक र नगरपालिकाबीच सो परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य हुनेछ । सो परियोजना सार्वजनिक निजी साझेदारीमा अघि बढ्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिका सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकारहरु/निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको बताएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्