Shikhar Insurance
National Life

नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार १९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा व्यवसायी करण चौधरीले नाडा अटोमोबाइल एसोसियसनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पका प्रबन्ध निर्देशक रहेका चौधरीले समग्र अटोमोबाइल क्षेत्रको नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चौधरी हाल नाडा कार्य समितिको उपाध्यक्ष छन् । कोरोना महामारीले सिंगो अर्थतन्त्रसँगै अटोमोबाइल क्षेत्र पनि प्रभावित बनेको र सबैले मिलेर अर्थतन्त्रलाई माथि उकास्ने जिम्मेवारी आएको पनि चौधरीले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अटोमाबाइल क्षेत्रका व्यवसायी र समग्र सहभागीहरुको मनोबल उच्च बनाउँदै सिंगो अर्थतन्त्रको विकासमा सहकार्य गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्