Shikhar Insurance
National Life

गण्डकीका पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार २०:४६
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।

नवनियुक्त मन्त्री शर्माले पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गरे । कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उनले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुलशर्मा पौडेल लगायतले मन्त्री शर्मालाई स्वागत गरेका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्