Shikhar Insurance
National Life

नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो अभ्यासः अब मोबाइल बैंकिङ्गबाटै आईपीओको आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण १०, आईतवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओ भर्न सकिने भएको छ । एनआईसी एशिया बैंकले यस्तो व्यवस्था मिलाएको हो ।

लामो लाइन बसी फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकमार्फत डिम्याट खाता खोलेका तथा बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले सेयर तथा डिबेञ्चरमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

त्यसका लागि ग्राहकले एनआईसी एशियाको मोबैंक डाउनलोड गर्नुपर्छ ।

यसरी दिने आवेदनः
बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको एप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्नुहुनेछ । एप्लाई सेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सब्मिट गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्