काठमाडौं । नेपालको इतिहासमै पहिलोपल्ट १ खर्बभन्दा बढीको वस्तु देशबाट निकासा भएको आर्थिक वर्ष निर्यातको तथ्यांक अभुतपूर्व छ । आधुनिक नेपालको पछिल्लो १० वर्षको वैदेशिक व्यापार तथ्यले यस्तो संकेत गर्छ । गत आर्थिक वर्ष अर्थात् आव २०७७/७८ मा नेपालबाट १ खर्ब ४१ अर्बको वस्तु निकासा भएको हो, जुन अघिल्लो आव अर्थात् आव २०७६/७७ को भन्दा ४४.४ प्रतिशत बढी हो ।
यी दुवै उपलब्धि यसअघिका वैदेशिक व्यापारको तथ्यांकले संकेत गर्ने अवसर पाएको थिएन ।
कोरोना भाइरसको डरले स्थानीय उद्योग व्यवसाय आक्रान्त पार्दा व्यापारको तथ्यांकले नीति निर्माता राहत महसुस गराएको छ । खोपको पर्खाइमा रहेका उद्योगी व्यापारी तथा श्रमिकको पीडा यथावतै रहँदा नेपालले निर्यातमा यस्तो उपलब्ध हासिल गर्न सकेको छ ।
१ सय अर्ब बराबरको निर्यात गर्ने लक्ष्य लिइएको १० वर्षपछि निर्यात खर्बमाथि भएको हो । सरकारले २०६४ सालमा त्रिवर्षीय अन्तरिम योजना तयार पार्दै आर्थिक वर्ष २०६७/६८ मा १ खर्ब बराबरको वस्तु निर्यातको लक्ष्य राखेको थियो । सो लक्ष्य १ दशकपछि अर्थात् आव २०७७/७८ मा भेटिएको हो ।
भन्सार विभागका अनुसार वैशाख मसान्तमै १० वर्ष पुरानो लक्ष्य भेटिएको थियो ।
गत आवमा कुल १ खर्ब ४१ अर्बको वस्तु निर्यात भएको भन्सारको तथ्यांकले देखाउँछ जबकि अघिल्लो आवमा ९७ खर्ब ७० अर्बको निर्यात भएको थियो ।
यस्तै आयातपनि २८.७ प्रतिशत बढेर १५ खर्ब ३९ अर्ब पुगेको छ । आयातको वृद्धिदर पनि पछिल्लो १० वर्षकै उच्च हो । आव २०६८/६९ मा आयात वृद्धिदर २९.८ प्रतिशत थियो ।
यसो त कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) मा निर्यातको अंश भुकम्पपछिकै सबैभन्दा बढी भएको छ ।
गत आवभर कोरोनाको डरले व्यवसाय फस्टाउन नसकेको भएपनि वैदेशिक व्यापारको तथ्यांक उत्साहपूर्ण छ । अघिल्लो आवमा अधिकांश गतिविधि शून्य हुँदा आयात वृद्धिदर ऋणात्मक बनेको थियो । यस्तै निर्यात वृद्धिदर रोकिएको थियो ।
तर, गत आव सुरू हुँदै कोभिडको मार अन्त्य भएन । कोरोनाको पहिलो लहरको उत्कर्षमा पनि स्थानीय खपत कम भएन, निर्माण गतिविध रोकिएन । जसका कारण अर्थतन्त्र चलायमान भइरह्यो । आतिथ्य तथा पर्यटनबाहेक अरू क्षेत्र पूर्ववत् स्थितिमा सञ्चालन भइरहे । आर्थिक गतिविधि पुरानो स्थितिमा नफर्किएको भएपनि धेरै हदसम्म रिकभर गरेको सरकारी तथ्यांकले देखिएको थियो ।
यसैमाझ कोरोनाको दोस्रो लहरले नयाँ वर्ष २०७८ सुरू भएदेखि नै च्याप्न थाल्यो । फलस्वरूप वैशाख तेस्रो सातादेखि देशव्यापी निषेधाज्ञा आह्वान गरियो । यस अवधिमा अघिल्लो लकडाउन झैं उद्योग बन्दै चाही भएनन्, अत्यावश्यक निर्माण गतिविधि रोकिएनन् । जसका कारण आयात निर्यातको तथ्यांक उत्साहजनक पाइएको हो ।
निर्यातभन्दा आयातको परिमाण ११ गुणा हुँदा निर्यात वृद्धिदर बढी भएपनि व्यापार घाटा चुलिने क्रम भने रोकिएको छ । व्यापार घाटा अघिल्लो आर्थिक वर्षको भन्दा २७ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब रूपैयाँ पुगेको छ ।
देशबाट वस्तु आयातका लागि बाहिरिने विदेशी मुद्रा १ महिनाको मात्र आयात धान्न पर्याप्त रहेको तथ्यांकले देखाउँछ । देशको मागअनुसार विदेशी वस्तुको आयातका लागि मासिक १ खर्ब २८ अर्ब रूपैयाँ विदेशीने तथ्यांकमा देखिन्छ ।
आव २०७६/७७ को तथ्यांक विश्लेषण गर्दा पनि मासिक ९९ अर्ब ७३ करोड रूपैयाँ वस्तु आयातका नाममा विदेशिएको । तर, वर्षभरको निर्यातबाट प्राप्त विदेशी मुद्रा ९७ अर्ब रूपैयाँमात्र थियो ।
यसर्थमा निर्यातले चालु खाता घाटा कम गर्न पनि ठूलो मद्दत पुगेको तथ्यांकले देखाउँछ ।
भटमासको तेल, कार्पेट, अलैंची र चियाको निर्यातमा उल्लेखनीय सुधार आउँदा विषम परिस्थितमाझ नेपालको निर्यात दर बढेको देखिन्छ । भन्सार विभागका अनुसार भटमासको प्रशोधित तेलको निर्यात ४ गुणाले बढेको छ । २०७७ असार मसान्तसम्म १२ अर्ब ६९ करोडको भटमासको तल निर्यात भएकामा २०७८ को असार मसान्तसम्म ५३ अर्ब ६५ करोडको निर्यात भएको छ ।
यस्तै कार्पेटको निर्यात सामान्य बढेर ७ अर्ब २४ करोड पुगेको छ । अलैंचीको निर्यात भने आकासिएको छ । २०७७ असार असान्तसम्म २ अर्ब ५३ करोडको अलैंची निर्यात भएकामा २०७८ असारसम्म ७ अर्ब १ करोड रूपैयाँको निर्यात भएको छ । वार्षिक २५ देखि ३० लाख किलो अलैंची निर्यात हुने गरेकामा ८८ लाख ८२ हजार किलो पुगेको छ ।
धुलो अलैंची निर्यात घट्दा कच्चा अलैंची निर्यात भने बढेको छ । धुल्याइएर प्रशोधन गरेको अलैंची कच्चा अलैंची भन्दा महंगो पर्छ ।
यस्तै चिया निर्यात पनि बढेको छ । चिया निर्यात हालसम्मकै बढी भएको हो । भारतमा चिया उत्पादन घटेपनि नेपाली चियाको माग बढेको छ ।
क) आव २०७७/७८ का तथ्यांक
१) शीर्ष निर्यात
२) शीर्ष आयात
३) कुन भन्सारबाट कति निर्यात ?
शून्य निर्यात हुने भन्सारहरूः
BHADRAPUR | 0 |
JALESHWOR | 0 |
JANAKPUR | 0 |
MAHESHPAUR | 0 |
RAJBIRAJ | 0 |
RASUWA | 0 |
SIRAHA | 0 |
SUNSARI | 0 |
TATOPANI | 0 |
THADHI | 0 |
४) कुन भन्सारबाट कति आयात ?
ख) पछिल्लो १० वर्षको वैदेशिक व्यापार तथ्यांक
प्रतिक्रिया दिनुहोस्