Shikhar Insurance
National Life

हालका लागि स्वीकार्ने मस्कको घोषणापछि उचालियो बिटक्वाइनको मूल्य

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । टेस्लाले फेरी बिटक्वाइन स्वीकार्ने भएपछि बिटक्वाइनको मुल्यमा फेरि बढेको छ । एलन मस्कले यस्तो घोषणा गरेलगत्तै बिटक्वाइनको मूल्य ३० हजार डलर नाघेको हो ।

यसअघि टेस्लाले बिटक्वाइन नस्वीकार्ने बताएको थियो । टेस्लाले बिटक्वाइन माइनिङमा उपयोग हुने ऊर्जाबारे आफ्नो राखेको थियो । कम्पनीले बिटक्वाइन स्वीकार्न थालेको २ महिनाभित्रै नस्वीकार्ने घोषणा गरेको थियो । बिटक्वायन संसारको सबैभन्दा ठूलो डिजिटल मुद्रा हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बी लेटर क्रिप्टोकरेन्सी कन्फेरेन्समा मस्कले फेरि बिटक्वाइन स्वीकार्ने बताएका हुन् ।

मस्कले बिटक्वाइन माइनिङमा जैविक इन्धन प्रयोगबारे अनुसन्धान जारी रहेको बताएका छन् । उनले भने, “नवीकरणीय ऊर्जा ५० प्रतिशतभन्दा बढी प्रयोग भए भएको पक्का गरौं, त्यसपछि बिटक्वाइन स्वीकार्ने वा नस्विकार्ने भन्ने थप निर्णय लिइनेछ ।”

टेस्लाको यो निर्णयको टेस्लाका लगानीकर्ता र कही वातावरणविदहरूले आलोचना गरेका थिए । त्यसअघि वातावरणसचेत भन्ने टेस्लाले बिटक्वाइन लिने गरेकामा प्रश्न उठेको थियो ।

बिटक्वाइन माइनिङमा अधिक ऊर्जा आवश्यक पर्छ । प्रश्न सो ऊर्जा नवीकरणीय भए नभएको भन्ने थियो ।

मस्क क्रिप्टोकरेन्सिका समर्थक हुन । उनलाई प्रभाव छाडेर क्रिप्टो करेन्सीको भाउ बढाएको भन्नेसम्मको आरोप छ ।

बी–वर्ल्ड कन्फरेन्समा मस्कले उनका कम्पनीहरू टेस्ला र एपेसएक्ससँग पनि बिटक्वाइन छ । मस्कलाई कृत्रिम रूपमा बिटक्वाइनको मूल्य बढाएर बेच्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

तर, मस्कले यस्तो आरोप अस्विकार गर्दै आएका छन् ।

बी वर्ल्ड कन्फेरेन्समा ट्विटरकाअधिकारीहरू उपस्थित थिए ।

मस्कको घोषणासँगै बिटक्वाइनको मूल्य ६ प्रतिशतले बढ्दा इथरिअमको भाउ १०.६ प्रतिशतले उकालो लागेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्