Shikhar Insurance
National Life

४९ जना सांसदलाई नै मन्त्री बनाइदिन पाए हुन्थ्योः प्रचण्ड

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री माग्दै घर घेर्ने आउनेहरुले हैरान बनाएको बताएका छन् । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका ४९ जनै सांसदहरुले मन्त्री पद मागेर दुःख दिएको बताएका हुन् ।

उनले भने–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । तीन चार दिनदेखि म निकै मानसिक तनावमा छु । सबैले मलाई मन्त्री चाहियो भन्छन् । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको छ । तर अवस्था त्यस्तो छैन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पार्टीमा मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको पनि बताए ।
‘हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।’, प्रचण्डले दुखेसो पोखे ।

उनले सरकारमा गएका मन्त्रीहरुलाई नराम्रो काम गर्ने छुट नभएको पनि बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्