Shikhar Insurance
National Life

पोखराबाट बंगलादेशको राजधानी ढाका सिधा हवाई उडानबारे छलफल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार २१:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल ढाका–काठमाडौँ दैनिक एक उडानमात्रै हुँदै आएको छ । पाँच करोड जनसङ्ख्या रहेको बङ्गलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गरे । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बङ्गलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राखे ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्