काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त सिईओमा ईश्वर पोखरेल नियुक्त भएका छन् । सिईओ विजय बहादुर शाहले एक कार्यकाल पुरा गरेर विदा भएपछि पोखरेलले निमित्त सिईओको जिम्मेवारी पाएका हुन् । पोखरेल कम्पनीमा डेपुटी सिईओको जिम्मेवारीमा थिए ।
कम्पनी सञ्चालक समितिले डेपुटी सिईओ पोखरेललाई नै निमित्त सिईओको जिम्मेवारी दिएको हो । पोखरेलसँग अध्यापन, टेलिकम र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एमबीएससम्मको अध्ययन गरेका पोखरेलले कम्पनीको गुणस्तरिय व्यवसाय विस्तारमा भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्